२०८३ साउन २१ गते बिहीबार

फिर्केे खोलाको सिमांकन गर्ने कार्य जारी

फिर्केे खोलाको सिमांकन गर्ने कार्य जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १८ गते बिहीबार ०१:४२

सर्वेक्षण टोलीले किला गाडेअनुसार सिर्जनाचोक र जिरोकिलोको बीचमा बनेका केही संरचना खोलाको क्षेत्राधिकारभित्र पर्छन् ।

५ किलोमिटरसम्मको सिंमाकन सकियो

पोखरा

पोखराको मध्य भागमा रहेको फिर्केे खोलाको सिमांकन कार्य जारी रहेको छ । साउन ३ गतेदेखि खोलाको सीमांकन गर्न सुरु गरिएकोका अहिलेसम्म ५ किमी सिमांकन भएको सर्वेक्षक वासुदेव पौडेलले जानकारी दिए ।

५ किलोमिटरको सीमांकनमा खोलाको दायाँबायाँ करिब ३ सय चिन्ह तथा पोलहरु गाडिएको सर्वेक्षक पौडेलले जानकारी दिए । फिर्केखोलाको सिमांकन कार्य गाईघाटदेखि वडा नं ४ सम्म आइपुगेको छ । टोलीले खोलाको क्षेत्र छुट्याउँदै किला गाडेको छ ।

सर्वेक्षण टोलीले किला गाडेअनुसार सिर्जनाचोक र जिरोकिलोको बीचमा बनेका केही संरचना खोलाको क्षेत्राधिकारभित्र पर्छन् । त्यहाँ केही सार्वजनिक भवन तथा व्यक्तिका संरचना खोलामाथि नै निर्माण भएका छन् ।

फिर्केखोलाको प्राकृतिक बहावमा सृजित अवरोधको समाधानसहित फिर्केखोलाको संरक्षण, सवद्र्धन र विशेष सौन्दर्यकरणको कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सीमांकन कार्य सुरु गरिएको पोखरा महानगरको भनाइ छ । यसअघि मेयर धनराज आचार्यले एक हप्तामा नै सीमांकन कार्य सक्ने बताएतापनि सीमांकन सक्न अझै केही समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति २०८० साउन १८ गते बिहीबार ०१:४२
हजुरको प्रतिक्रिया