२०८३ साउन २१ गते बिहीबार

कास्की जिल्ला अदालतमा मुद्दा फछ्र्योट संख्या बढ्यो

कास्की जिल्ला अदालतमा मुद्दा फछ्र्योट संख्या बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १९ गते शुक्रबार ०३:५३

आर्थिक वर्ष २०७९-८० मा जिम्मेवारी सरेका आएका २ हजार ४ सय ३७ र नयाँ दर्ता हुन आएका ३ हजार ९ सय २४ गरी कुल ६ हजार ३ सय ६१ वटा मुद्दा दर्ता भएकोमा ४ हजार १ सय १४ वटा मुद्दा पछ्र्याेट भएको अदालतले जानकारी दिएको छ ।

पोखरा

कास्की जिल्ला अदालतको विगत २ आर्थिक वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७९/८० मा मुद्दा फछ्र्योट संख्या बढेको छ ।

आर्थिक वर्ष २०७९/८० मा जिम्मेवारी सरेका आएका २ हजार ४ सय ३७ र नयाँ दर्ता हुन आएका ३ हजार ९ सय २४ गरी कुल ६ हजार ३ सय ६१ वटा मुद्दा दर्ता भएकोमा ४ हजार १ सय १४ वटा मुद्दा पछ्र्याेट भएको अदालतले जानकारी दिएको छ ।

अदालतका स्रेस्तेदार रुद्रप्रसाद अर्यालका अनुसार मुद्दा फछ्र्याेट संख्या लक्ष्य अनुरुप भएको छ । यी दुई आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/७८ मुद्दा फछ्र्योटका संख्या हेर्ने हो भने निकै कम छ । आर्थिक वर्ष २०७७/७८ मा २ हजार १ सय ४६ वटा मुद्दा मात्र फछ्र्योट भएका थिए ।

यति बेला जिम्मेवारी सरेर आएका १ हजार ९ सय ७४ वटा र नयाँ दर्ता २ हजार २ सय ४७ वटा गरी ४ हजार २ सय २१ वटा मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षमा २ हजार २ सय ५० वटा मुद्दाको जिम्मेवारी सरेको छ ।

प्रकाशित मिति २०८० साउन १९ गते शुक्रबार ०३:५३
हजुरको प्रतिक्रिया