पोखरा
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषद्ले अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिप्रति भत्र्सना गरेको छ ।
आदिवासी जनाजातिलाई जाति नै तोकेर घृणा फैलाउने र होच्याउने गरी षडयन्त्रपूर्वक अभिव्यक्ति दिने पाण्डेको घोर भत्र्सना गर्दै महासंघले कडा कारबाहीको माग गरेको छ ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै महासंघको सचिव सुजनकुमार लामाले यो प्रकरणलाई छानविन गरेर आदिवासी जनजातिलाई फुटाउने र राज गर्ने षडयन्त्र कहि कतैबाट भए फर्दाफास गर्न समेत माग गरे ।
यस्तै महासंघले साउन २४ गते २९ औं आदिवासी जनजाति दिवस मनाउने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्की जिल्लाको सहआयोजनामा दिवस मनाउने तयारी गरिएको हो ।
जातिय मौलिक झाँकीसहितका विशाल ¥याली निकाल्ने महासंघ गण्डकी अध्यक्ष धर्मबहादुर गुरुङले बताए । उनका अनुसार आदिवासी जनाजाति समुदायको प्राचिन संस्कृति प्रर्दशन गरिनेछ । महासंघले २ जना अग्रजलाई सम्मान गर्नेछ ।
प्रकाशित मिति २०८० साउन १९ गते शुक्रबार ०८:०३