२०८३ साउन २१ गते बिहीबार

सनिबार पाेखराका १५४ जनासहित गण्डकी प्रदेशमा २१० संक्रमित थपिए

सनिबार पाेखराका १५४ जनासहित गण्डकी प्रदेशमा २१० संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २९ गते शनिबार ०३:२७

पाेखरा । देशभर तिहारकाे रमझम र माहाेल छ । मानिसहरू बेखाैफ बजारमा निस्किइरहेका छन् । मानाै, केहि भएकै छैन् । मानाै, काेराेना केहि पनि हाेइन । तर गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सनिबारमात्रै प्रदेशभर थप ५ जनाकाे ज्यान गएकाे...

काेराेनाकाे हटस्पट बन्दै पाेखरा, न राज्य सजग बन्याे न नागरिक सचेत बने

पाेखरा । देशभर तिहारकाे रमझम र माहाेल छ । मानिसहरू बेखाैफ बजारमा निस्किइरहेका छन् । मानाै, केहि भएकै छैन् । मानाै, काेराेना केहि पनि हाेइन । तर गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सनिबारमात्रै प्रदेशभर थप ५ जनाकाे ज्यान गएकाे विज्ञप्ती निकालिसकेकाे छ । दिन अझै बाँकी नै छ ।

मानिसहरूकाे बेपर्वाही र सरकारकाे अक्षमताका कारण गण्डकी प्रदेश र त्यसमापनि अझ पाेखरा त काेराेनाकाे हटस्पट नै बनिरहेकाे छ । सनिबार मात्रै प्रदेशभर थप २१० संक्रमित थपिएका छन् । जसमध्ये १५४ जना त पाेखराका मात्रै रहेका छन् । अन्नपूर्ण गाउँपालिकाका ३ जना र मादी गाउँपालिकाका १ जनासमेत कास्कीका कुल १४८ जना सनिबार संक्रमित बनेका छन् ।

अन्य संक्रमितहरूमा पर्वतका १८ जना, तनहुँका १४ जना, बाग्लुङका ४ जना, म्याग्दीका १० जना, स्याङजाका ५ जना, गाेरखाका ६ जना, लमजुङका ५ जना रहेकाे निर्देशनालयले जनाएकाे छ ।

याे संगै गण्डकी प्रदेशमा काेराेनाका कारण संक्रमित हुनेकाे कुल संख्या १० हजार २८५ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक २९ गते शनिबार ०३:२७
हजुरको प्रतिक्रिया