२०८३ साउन २१ गते बिहीबार

सम्पत्ति कर घटाउन वडाध्यक्षको माग

सम्पत्ति कर घटाउन वडाध्यक्षको माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २२ गते सोमबार ०६:२९

आर्थिक ऐन २०८० अनुसार नगदी तथा सम्पत्तीकर असुल गर्दा जनगुनासो बढी आएको उनले बताए ।

पोखरा

पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले करको दर घटाउन माग गर्दै महानगरको ध्यानआकर्षण गराएका छन् ।

उनले नगदी र सम्पत्ति कर अत्याधिक वृद्धि भएको जनगुनासो आएकाले राजश्व परामर्श समितिको संयोजकसमेत रहेकी उपमेयर मञ्जुदेवी गुरुङको ध्यानाकर्षण गराएको बताए ।

आर्थिक ऐन २०८० अनुसार नगदी तथा सम्पत्तीकर असुल गर्दा जनगुनासो बढी आएको उनले बताए ।

‘जनगुनासोले दैनिक कार्यालय सञ्चालनमा समेत बाधा अवरोध भएकाले सेवाग्राहीको माग सम्बोधन गर्न अनुरोध गरेको छु’, उनले भने ।

जनप्रतिनिधिले आफूलाई भन्दा वडाबासीलाई सुन्ने वडाध्यक्ष बरालले बताए । ‘वडाबासीको गुनासो सुन्न र समस्याको समाधान खोज्न प्रयत्नमा सदैव हुनेछौं’, उनले भने ।

 

प्रकाशित मिति २०८० साउन २२ गते सोमबार ०६:२९
हजुरको प्रतिक्रिया