पोखरा
आँखा पाक्ने रोग देखिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन हुने भएको छ । पोखरा महानगरले मंगलबार एक सूचना जारी गरी ३ दिनसम्म बिदा दिने निर्णय गरेको हो ।
पोखरा महानगरभित्र संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ विद्यालय छन् ।
संक्रमणकै रुपमा आँखा पाक्ने रोग देशव्यापी फैलिएपछि केही जिल्लाका स्थानीय तहले यसअघि नै विद्यालय बन्द गरिसकेका छन् ।

प्रकाशित मिति २०८० साउन २३ गते मंगलबार ०४:२१