२०८३ साउन २१ गते बिहीबार

कुमार पुनकाे ‘पछ्याैरीकाे सप्काे’ बजारमा

कुमार पुनकाे ‘पछ्याैरीकाे सप्काे’ बजारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ३ गते बुधबार ०७:५९

पाेखरा । काठे भाका, गाउँघरतिर चलनचल्तीमा रहेकाे लवजसहितका गीतका कारण लाेकदाेहाेरीकाे क्षेत्रमा अलग्गै पहिचान  कायम गर्न सफल गायक कुमार पुनले 'पछ्याैरीकाे सप्काे' बाेलकाे नयाँ लाेक दाेहाेरी गीत बजारमा ल्याएका छन् । गीतमा कुमार...

पाेखरा । काठे भाका, गाउँघरतिर चलनचल्तीमा रहेकाे लवजसहितका गीतका कारण लाेकदाेहाेरीकाे क्षेत्रमा अलग्गै पहिचान  कायम गर्न सफल गायक कुमार पुनले ‘पछ्याैरीकाे सप्काे’ बाेलकाे नयाँ लाेक दाेहाेरी गीत बजारमा ल्याएका छन् ।

गीतमा कुमार पुन र कमला पाेखरेलकाे जुहारी देख्न सकिन्छ भने गीतकाे लय नारायण रायमाझीले संकलन गरेका हुन् । रमेश विजीका शव्दहरूमा विनाेद बाजुरालीले संगीत् संयाेजन गरेका छन् ।

गीतमा बिशाल गुरूङ र रजनी गुरूङले अभिनय गरेका छन् । गणेश सापकाेटाले खिचेकाे भिडियाे विष्णु शर्माले सम्पादन गरेका हुन् । प्रकास भट्टले निर्देशन गरेकाे भिडियाे दर्शकले रूचाइदिने निर्माणपक्षले अनुमान गरेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर ३ गते बुधबार ०७:५९
हजुरको प्रतिक्रिया