२०८३ साउन २१ गते बिहीबार

सदन हाइज्याक भयो : रवि लामिछाने

सदन हाइज्याक भयो : रवि लामिछाने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २९ गते सोमबार ०६:१०

संसद हाइज्याक गर्न पाईदैन् । त्यो सम्मान कायम राख्न सक्नु पर्छ दल छोडेर संसद छिरिसकेपछि । दलको बन्न पाइदैन् । व्यवहारले पनि पाईदैन् । क्रियाकलापले पनि पाइदैन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् ।

सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले,‘सभामुखको क्रियाकलाप यो सचिवालयको यो क्रियाकलाप यो सदन हाइज्याक भएकै हो । सदनलाई हाइज्याक गरिएकै हो ।’ उनलेभने ‘ संसद हाइज्याक गर्न पाईदैन् । त्यो सम्मान कायम राख्न सक्नु पर्छ दल छोडेर संसद छिरिसकेपछि । दलको बन्न पाइदैन् । व्यवहारले पनि पाईदैन् । क्रियाकलापले पनि पाइदैन् । भित्रिरुपमा पनि पाइदैन् बाहिरि रुपमा पनि पाँइदैन् ।’ उनले भने ‘ यसले लोकतन्त्रको मान्यतामाथि कुठाराघात हुन्छ । ठुलो ठेस लाग्छ ।’

नियोजितरूपमा सदन हाइज्याक गरेर जनताका आवाज उठान गर्न नसकिएको भन्दै आफ्नो पार्टीले गम्भीर ढंगले त्यसको जवाफ दिन बाध्य हुने चेतावनी दिए ।

प्रकाशित मिति २०८० साउन २९ गते सोमबार ०६:१०
हजुरको प्रतिक्रिया