२०८३ साउन २१ गते बिहीबार

महिला विश्वकपको सेमिफाइनल आज, स्वीडेन र स्पेन खेल्ने

महिला विश्वकपको सेमिफाइनल आज, स्वीडेन र स्पेन खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३० गते मंगलबार ०७:२०

गत संस्करणमा तेस्रो भएको स्वीडेन र पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ ।

पोखरा

अष्ट्रेलिया र स्वीजरल्यान्डमा भइरहेको महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज हुँदैछ । पहिलो सेमिफाइनल खेलमा स्पेन र स्वीडेन प्रतिष्पर्धा गर्दैछन् ।

गत संस्करणमा तेस्रो भएको स्वीडेन र पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ । अष्ट्रेलियाको इडेन पार्कमा खेल हुनेछ । फिफा बरियतामा स्वीडेन तेस्रो स्थानमा छ भने स्पेन छैटौँ स्थानमा  छ ।

क्वार्टरफाइनलमा पूर्व विजेता जापानलाई २–१ गोलले हराउँदै स्वीडेन अन्तिम ४ मा पुगेको हो ।स्पेनले अन्तिम चारमा स्थान बनाउन अतिरिक्त समयमा साबिक उपविजेता नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो ।

दोस्रो सेमिफाइनल खेल भोलि बुधबार हुँदैछ । सेमिफाइनलमा अष्ट्रेलिया र बेलायतले प्रतिष्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार पौने ४ बजे खेल हुनेछ ।

प्रकाशित मिति २०८० साउन ३० गते मंगलबार ०७:२०
हजुरको प्रतिक्रिया