२०८३ असोज २४ गते शनिबार

टी–२० विश्वकप एसिया छनोट खेल्ने महिला टोलीको बिदाइ

टी–२० विश्वकप एसिया छनोट खेल्ने महिला टोलीको बिदाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन ३१ गते बुधबार ०७:१८

भारतीय प्रशिक्षक देविका दिलिप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीवार मात्रै रुविना क्षेत्री कप्तानीमा नेपाली टोली घोषणा गरिएको थियो ।

काठमाडौं

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने महिला टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एसिया क्षेत्र छनोट र त्यसअघि नेपालले मलेसिया, कुवेत र हङकङसँग चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । क्वालिफायर्सलाई मध्यनजर गर्दै मलेसियाको विकेटको परीक्षण र वातावरणसँग घुलमिल हुनको लागि र कमजोरी थाहा पाउने मौकाको रुपमा यो सिरजलाई लिएको छ ।

अगष्ट २२ देखि २६ सम्म बायुमास ओभलमा हुने सिरिजमा नेपाल र मलेसियासहित हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । चारै टिम टी–२० विश्वकप एसिया क्वालिफायर खेल्दैछन् । भारतीय प्रशिक्षक देविका दिलिप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीवार मात्रै रुविना क्षेत्री कप्तानीमा नेपाली टोली घोषणा गरिएको थियो ।

क्रिकेट टोलीकी कप्तान क्षेत्रीले मलेसियामा अभ्याससँगै ट्वान्टी–२० श्रृंखला पनि खेल्ने भएकाले राम्रो तयारी पाउने अपेक्षा रहेको बताइन् । साथै उनले ब्याटिङमा सुधार हुने गरी विदेशी प्रशिक्षक नियुक्त भएकाले त्यसको फाइदा पनि लिने विश्वास व्यक्त गरिन् ।

नेपाल रहेको समूहमा मलेसियासहित युएई, कतार, भुटान र बहारइन पनि छन् । समूह बी मा थाइल्याण्ड, हङकङ, चीन, कुवेत र म्यानमार छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोली टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछ । यस प्रतियोगिताका लागि नेपाली टिम बिहीबार बिहान १० बजे मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०७:१८
हजुरको प्रतिक्रिया