मिटरमा नचले कारबाही गर्ने मन्त्रीको चेतावनी
पोखरा
टुक्रे योजनामा २-४ लाख रुपैयाँसमेत बजेट खन्याएपछि प्रदेशको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।
स्थानीय तहले गर्ने काम नै गर्ने हो भने प्रदेश सरकार किन चाहियो ?’ भन्ने प्रश्न उठेको हो । गत आर्थिक वर्ष २०७९-८० मा १३ अर्ब पाँच करोड रुपैयाँ बजेट पाएको गण्डकी प्रदेशको भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले १ हजार ८ सय योजनालाई रकम बाँडेको थियो ।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयलाई गण्डकी प्रदेश सरकारले १२ अर्ब रुपैयाँ बढी बजेट विनियोजना गरेको छ । मन्त्रालयले गत वर्ष भन्दा ७ सय योजना कम छानेको छ । टुक्रे बजेट विनियोजनले उपलब्धि कम भएपछि संख्या घटाउनुलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले मुख्य उपलब्धि ठानेका छन् ।
मन्त्रालयको कार्यभार सम्हालेको सय दिनको उपलब्धि सार्वजनिक गर्दै मन्त्री जुग्जालीले योजना कटौती गर्नु उपलब्धि भएको बताए । चालु वर्षमा मन्त्रालयले ३० लाख रुपैयाँ भन्दा कम बजेटका योजना नबनाएको दाबी गरे ।
मन्त्रालयले पोखरामा मिटर अनुसारको भाडामा ट्याक्सी गुडाउन अनिवार्य गरेको छ । भदौ १ गतदेखि मिटर भाडा लागु भएको हो । मन्त्रालयको कार्यभार सम्हालेपछि रुग्ण आयोजनाको संख्या घटाउने भरपुर प्रयास गरेको मन्त्री जुग्जालीले बताए । गण्डकीमा ४७ आयोजना रुग्ण थिए ।
३० निर्माण कम्पनी काममा फर्किएका छन् । मन्त्री जुुग्जालीले पदभार सम्हाल्ने क्रममा प्रादेशिक सडक सञ्जाल गुुरुयोजनाको मस्यौदा तयार पार्न गठन भएको प्राविधिक सहयोग समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुुगेको छ । २१ करोड रुपैयाँको आपतकालिन सडक मर्मत सम्भार कोष खडा गरी प्रदेश सरकार अन्तर्गतका सडकमा १२ महिना यातायात सञ्चालन गर्न बर्खायाममा अवरुद्ध सडकको मर्मत सम्भार गरिएको जुग्जालीले बताए ।
प्रकाशित मिति २०८० भदौ ५ गते मंगलबार ०१:०३



