२०८३ साउन २१ गते बिहीबार

फिर्के खोला मिचेरै बनेको छन्, १ सय ४७ संरचना

फिर्के खोला मिचेरै बनेको छन्, १ सय ४७ संरचना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ५ गते मंगलबार ०२:०६

महानगरले साउन ३ गतेदेखि अमिन बासुदेव पौडेलको नेतृत्वमा फिर्केखोलाको वास्तविक बाटो खोज्न सुरु गरेको थियो । टोलीले एक महिना लगाएर आइतबार सीमांकन सकेको हो ।

पोखरा

पोखरा महानगरले अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोला सीमांकन सकेको छ । सीमांकनका क्रममा १ सय ४७ संरचना खोलाघरमै बनाइएको पाइएको महानगरले जानकारी दिएको छ ।

महानगरले साउन ३ गतेदेखि अमिन बासुदेव पौडेलको नेतृत्वमा फिर्केखोलाको वास्तविक बाटो खोज्न सुरु गरेको थियो । टोलीले एक महिना लगाएर आइतबार सीमांकन सकेको हो ।

अमिन पौडेलले सीमांकनका क्रममा ३५ वटा निजी स्थायी संरचना, २५ वटा विभिन्न सामाजिक संस्थाका संरचना र ८७ वटा अस्थायी संरचना बनेको फेला परेको जानकारी दिए । आइतबारसम्म महानगरमा प्रतिवेदन बुझाइसक्ने उनको भनाइ छ ।

सीमांकनका क्रममा ५ सय ८५ वटा स्तम्भ गाडिएको पौडेलले जानकारी दिए । स्तम्भ गाड्न नसकिएको ठाउँमा चिन्हमात्रै लगाएर छोडिएको छ । फिर्केखोलाको अन्तिमबिन्दू गाईघाट फेवाताल, ड्यामसाइड देखि खोलाको वास्तविक बाटो खोज्न थालिएको थियो । खोलाको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ । उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागू हुन सकेको छैन ।

फिर्केको वास्तविक आकार पत्ता लागिसकेपछि मापदण्ड तोकिने र असोजपछि मात्रै संरचना हटाउन सुरु गरिने मेयर आचार्यले बताएका छन् । उनले फिर्केखोला माथि बनेका अतिक्रमित संरचना हटाउन दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिने जानकारी दिए ।

प्रकाशित मिति २०८० भदौ ५ गते मंगलबार ०२:०६
हजुरको प्रतिक्रिया