२०८३ असोज २४ गते शनिबार

एसिया कप क्रिकेट खेल्ने नेपाली टोली पाकिस्तान प्रस्थान

एसिया कप क्रिकेट खेल्ने नेपाली टोली पाकिस्तान प्रस्थान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ६ गते बुधबार ०८:११

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने दाबी गरे ।

पोखरा

पाकिस्तान र श्रीलंकमा आगामी भदौ १३ गतेदखि हुने एसिया कप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ । टोली आज बिहान १ बजे पाकिस्तान प्र्रस्थान गरेको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले सफलताको शुभकामनासहित मंगलबार बिदाइ गरेको छ । नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

बलात्कारको आरोप लागेर मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने भने टोलीमा सहभागी छैनन् । नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने दाबी गरे ।

 

प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार ०८:११
हजुरको प्रतिक्रिया