२०८३ असोज २४ गते शनिबार

महिला टी-ट्वान्टी सिरिजमा नेपालसँग कुवेत ३४ रनले पराजित

महिला टी-ट्वान्टी सिरिजमा नेपालसँग कुवेत ३४ रनले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ६ गते बुधबार ०२:०५

आजको खेलमा खुसी डंगोलले सिनियर टिममा डेब्यु गरिन् । उनी एक रन बनाउँदै अन्तिम समयसम्म क्रिजमा रहिन् ।

पोखरा

नेपालले चार देश सम्मिलत महिला टी-ट्वान्टी आईमा कुबेतलाई ३४ रनले पराजित गरेको छ । इन्दु बर्माको अलराउन्ड प्रदर्शनको मदतमा दोस्रो खेलमा पनि जित हात पारेपछि नेपाल फाइनल नजिक पुगेको छ ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा कुबेतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

नेपालले दिएकाे ९० रनकाे सामान्य लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्याे । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । बलिङतर्फ नेपालकी इन्दु बर्माले ३, खुशी डङ्गाेलले २ तथा कविता कुँवर, सीता राना मगर र ईश्वरी विष्टले १/१ विकेट लिइन् ।

यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायाे । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।

शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति २०८० भदौ ६ गते बुधबार ०२:०५
हजुरको प्रतिक्रिया