२०८३ साउन २१ गते बिहीबार

पोखरामा इन्टर कलेज ब्यान्ड कम्पिटिसन हुँदै

पोखरामा इन्टर कलेज ब्यान्ड कम्पिटिसन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ७ गते बिहीबार ०७:३१

‘कलेज ब्यान्डले कभर सङ्ग गाएर भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनमा छनोट भएका ब्यान्डले पुनः फिजिकल अडिसन दिनुपर्नेछ ।’

पोखरा

पोखरामा इन्टर कलेज ब्यान्ड कम्पिटिसन हुने भएको छ । असोज दोस्रो साता पोखरा सांगीतिक कलाकार संघले कम्पिटिसन आयोजना गरेको हो ।
असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्रको डोममा हुने प्रतिष्पर्धा हुनेछ । देशभरका कलेजमा रहेका सांगीतिक ब्यान्डले प्रतिष्पर्धा गर्न पाउनेछन् ।

कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुने पाउने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए ।

प्रतियोगितामा सहभागी हुन चाहने कलेज ब्यान्ड फारम भरेपछि डिजिटल अडिसन दिनुपर्ने गुरुङ बताउँछन् । उनी भन्छन्, ‘कलेज ब्यान्डले कभर सङ्ग गाएर भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनमा छनोट भएका ब्यान्डले पुनः फिजिकल अडिसन दिनुपर्नेछ ।’

भदौ २९ गतेसम्ममा डिजिटल अडिसन दिने म्याद छ । फिजिकल अडिसनबाट छनोट भएका सेमीफाइनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन् । त्यसपछि सेमीफाइनल राउन्ड हुनेछ । फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ । फाइनलमा एउटा कभर सङ्ग र अर्को ब्यान्डले आफ्नै मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ ।

इन्टर कलेज ब्यान्ड कम्पिटिसनको उपाधि विजेताले १ लाख रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेतालाई ५० हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाई पनि ५÷५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

 

प्रकाशित मिति २०८० भदौ ७ गते बिहीबार ०७:३१
हजुरको प्रतिक्रिया