२०८३ असोज २४ गते शनिबार

टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियासँग खेल्दै

टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ८ गते शुक्रबार ०७:४५

नेपाल शीर्ष स्थानमा रहँदा हङकङ र मलेसिया २\२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

पोखरा

महिला टि–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले अन्मित खेल खेल्दैछ । चार देश सम्मिलित सिरिजमा नेपालले आयोजक मलेसियासँग खेल्दैछ । मलेसियामा यो खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ ।

नेपालले लगातार दुई खेलमा जित हासिल गरेर ४ अंकका साथ तालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।

आज नेपालले मलेसियाको सामना गर्नुअघि अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुँदैछ । नेपाल शीर्ष स्थानमा रहँदा हङकङ र मलेसिया २\२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।

 

प्रकाशित मिति २०८० भदौ ८ गते शुक्रबार ०७:४५
हजुरको प्रतिक्रिया