२०८३ असोज २४ गते शनिबार

नेपालले विश्व वरियताको नम्बर वान टोलीसँग खेल्दै

नेपालले विश्व वरियताको नम्बर वान टोलीसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ११ गते सोमबार ०८:१८

पाकिस्तान वर्तमान समयमा आइसिसी ओडिआई वरियतामा शीर्ष स्थानमा छ ।

पोखरा
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरियताको नम्बर वान टोलीसँग खेल्ने भएको छ ।

आगामी बुधबार सुरु हुने एसिया कपमा नेपालले पाकिस्तान र भारतसँग खेल्दैछ । पाकिस्तान वर्तमान समयमा आइसिसी ओडिआई वरियतामा शीर्ष स्थानमा छ । नेपालले बुधबार मुल्तान रंगशालामा पाकिस्तानसँग खेल्नेछ ।
नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि वरियता शीर्ष टोलीसँग खेल्न लागेको हो । नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा हुनेछ ।

भारत विश्व ओडिआई वरियतामा तेस्रो स्थानमा छ ।
नेपाल आइसिसीको ओडिआई विश्व वरियतामा १५ औं स्थानमा छ । यसअघि नेपालले वरियताको आधारमा सबैभन्दा माथि रहेको टोली वेस्ट इन्डिज थियो । वेस्ट इन्डिजसँग दुई महिना अघि भएको विश्वकप ग्लोबल छनोटमा जिम्बावेमा खेलेको थियो ।

 

प्रकाशित मिति २०८० भदौ ११ गते सोमबार ०८:१८
हजुरको प्रतिक्रिया