२०८३ साउन २१ गते बिहीबार

कृष्ण देवकाेटाका तीन मुक्तक

कृष्ण देवकाेटाका तीन मुक्तक

कृष्ण देवकाेटा

@Public 4K Tv

२०७७ मंसिर ५ गते शुक्रबार ०९:०१

१ सम्बन्ध विस्तार गर्ने पहिलाे भूमिका वचनकाे हुन्छ । सम्बन्ध विस्तार गर्ने पहिलो भुमिका वचनको हुन्छ ।  र माया गाढा बनाउने भुमिका भने मनको हुन्छ । तिमी जून हेर्दै झरीमा भिझ्नु छ भन्छ्यौ बादल विनाको वर्षाद त केवल चुम्वनको हुन्छ...

सम्बन्ध विस्तार गर्ने पहिलाे भूमिका वचनकाे हुन्छ ।

सम्बन्ध विस्तार गर्ने पहिलो भुमिका वचनको हुन्छ ।

 र माया गाढा बनाउने भुमिका भने मनको हुन्छ ।

तिमी जून हेर्दै झरीमा भिझ्नु छ भन्छ्यौ

बादल विनाको वर्षाद त केवल चुम्वनको हुन्छ ।

 

शिरमा कहिले सिन्दुर कहिले टीका फरक भेटियो ।

प्यार कहिले गाढा कहिले फिक्का फरक भेटियो ।

श्रीमती र प्रेमिका उस्तै उस्तै लाग्थ्यो

तर चुम्बन गर्ने तरिका फरक भेटियो ।

 

खान पुग्ने धनको व्यवस्था गरियोस् ।

संयुक्त धड्कनको व्यवस्था गरियोस् ।

माया गर्ने हर जोडिको एउटै माग छ सरकार

पेश्कीमा चुम्वनको व्यवस्था गरियोस् ।

प्रकाशित मिति २०७७ मंसिर ५ गते शुक्रबार ०९:०१
हजुरको प्रतिक्रिया