२०८३ साउन २१ गते बिहीबार

भयावह बन्दै काेराेना : पाेखरामा एकैदिन थप ७ जनाकाे ज्यान गयाे

भयावह बन्दै काेराेना : पाेखरामा एकैदिन थप ७ जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ५ गते शुक्रबार ०२:४५

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण तनहुँका १ सहित पोखरामा थप ७ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार  तनहुँका १ सहित पोखरामा थप ७ जनाको ज्यान गएको हो ।   काेराेनाका कारण ज्यान गुमाउनेहरूमा पोखरा...

प्रदेशभर काेराेनाले ज्यान गुमाउनेकाे संख्या १ सय ३८ पुग्याे

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण तनहुँका १ सहित पोखरामा थप ७ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार  तनहुँका १ सहित पोखरामा थप ७ जनाको ज्यान गएको हो ।

 

काेराेनाका कारण ज्यान गुमाउनेहरूमा पोखरा ८ का ५४ वर्षीय पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । उनको आज बिहान ३ बजेर ५० मिनेट जाँदा गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पोखर २७ का ७१ वर्षीय काेराेना संक्रमितको ज्यान गएको छ । उनको शुक्रबार राति १ बजेर ४० मिनेट जाँदा पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २९ गते संक्रमण पुष्टि भएको थियो ।

 

यता, पोखरा ९ का ६८ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई हिजो बिहीबार मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै, पोखरा २१ का ७५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको बिहीबार राति ११ बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई पनि हिजो नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

 

पोखरामा २९ वर्षीय पुरुषले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पोखरा १७ का उनको आज दिउँसो साढे १२ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई आजै मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । पोखरा १३ का ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको आज बिहान ४ बजेर १५ मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

 

यता तनहुँका १ जनाको समेत पोखरामा नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेजमा आज बिहान साढे ९ बजे ज्यान गएको हो । उनलाई मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

 

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३८ पुगेको छ ।

प्रकाशित मिति २०७७ मंसिर ५ गते शुक्रबार ०२:४५
हजुरको प्रतिक्रिया