२०८३ साउन २१ गते बिहीबार

एसिया कप : नेपाललाई चौथो सफलता

एसिया कप : नेपाललाई चौथो सफलता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १३ गते बुधबार ०५:४२

एसिया कप अन्तर्गत आफ्नो पहिलाे खेल खेलिरहेकाे नेपालले पाकिस्तानविरुद्धको खेलमा ४ विकेट लिएको छ । लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानका पाँचौं ब्याटर अगाह सलमानलाई ५ रनमा नै सर्ट थर्डमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका...

एसिया कप अन्तर्गत आफ्नो पहिलाे खेल खेलिरहेकाे नेपालले पाकिस्तानविरुद्धको खेलमा ४ विकेट लिएको छ ।

लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानका पाँचौं ब्याटर अगाह सलमानलाई ५ रनमा नै सर्ट थर्डमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन् । हाल पाकिस्तान २८ ओभरको समाप्तीमा १२५ मा ४ विकेट गुमाउँदै खेलिरहेको छ ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए भने पाकिस्तानका दुई खेलाडी रनआउट भए । हाल क्रिजमा कप्तान बाबर आजम र इफ्तिकार अहमद खेल्दैछन् ।

पाकिस्तानका कप्तान बाबर आजमले अन्तर्राष्ट्रिय क्रिकेटमा २९ औं एकदिवसीय अर्धशतक बनाएका छन् ।उनले एसिया कपमा नेपाल विरुद्धको खेलमा ७२ बलमा ४ चौकाको साथमा अर्धशतक बनाएका हुन् ।

प्रकाशित मिति २०८० भदौ १३ गते बुधबार ०५:४२
हजुरको प्रतिक्रिया