२०८३ साउन २१ गते बिहीबार

मलेसियालाई पराजित गर्दै नेपालको विजयी शुरुवात

मलेसियालाई पराजित गर्दै नेपालको विजयी शुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १४ गते बिहीबार ११:५९

जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बढ्यो

पोखरा

नेपालले आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले हरायो ।

जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाका कप्तान विनीफ्रेड दुराईसिङ्घमले सर्वाधिक २८ रन बनाइन् । तर जितका लागि पर्याप्त भएन।

नेपालकी कविता जोशी र कविता कुँवरले समान २ तथा रुविना क्षेत्री, अश्मिना कर्माचार्यले एकरएक विकेट लिए । त्यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

नेपालकी सीता रानामगर सर्वाधिक ३८ रनमा अविजित रहिन् । अप्सरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रकाशित मिति २०८० भदौ १४ गते बिहीबार ११:५९
हजुरको प्रतिक्रिया