२०८३ साउन २१ गते बिहीबार

आइसिसी महिला टी–ट्वान्टीमा आज नेपालले बहराइनसँग खेल्दै

आइसिसी महिला टी–ट्वान्टीमा आज नेपालले बहराइनसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १५ गते शुक्रबार ०७:३८

नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हिजो पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ । बहराइनले पनि पहिला खेलमा कतारलाई पराजित गरेको थियो । बहराइन पनि दोस्रो जितको खोजीमा छ ।

पोखरा

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज नेपालले बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई ५ रनले हिजो पराजित गरेको थियो । नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ । बहराइनले पनि पहिलाे खेलमा कतारलाई पराजित गरेको थियो । बहराइन पनि दोस्रो जितको खोजीमा छ ।

तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ । प्रतियोगिताको २१ गते सेमिफाइनल र २२ गते फाइनल खेल ह्ुनेछ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

हिजो भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ रनले पराजित गरेको हो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाएको थियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०७:३८
हजुरको प्रतिक्रिया