पोखरा
आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।
मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो । महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो।
यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो ।
बहराइनसँगको खेलमा नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् । अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाइन् । नेपालले १३ रन अतिरिक्त पाएको थियो ।
बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो ।
नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले अब समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।
प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०२:०२