२०८३ साउन २१ गते बिहीबार

सूर्यदर्शन सहकारीविरुद्ध पोखरामा ८७२ जनाको उजुरी, झन्डै ८७ करोड दाबी

सूर्यदर्शन सहकारीविरुद्ध पोखरामा ८७२ जनाको उजुरी, झन्डै ८७ करोड दाबी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १५ गते शुक्रबार ०७:३३

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले सहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी फिर्ता माग्दै उजुरी परेको जानकारी दिए ।

पोखरा

कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय ७२ जना बचतकर्ताको जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ४ गते एक सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले सहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी फिर्ता माग्दै उजुरी परेको जानकारी दिए ।

‘सहकारी पीडितहरुको जाहेरी निवेदन परेको छ । अब यस विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

सूर्यदर्शन सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत रकम दुरुपयोग गर्ने गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो ।

पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।

प्रकाशित मिति २०८० भदौ १५ गते शुक्रबार ०७:३३
हजुरको प्रतिक्रिया