२०८३ साउन २१ गते बिहीबार

फोटो पत्रकार युनिश सम्मानित

फोटो पत्रकार युनिश सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १७ गते आइतबार ०३:४०

हाल उनी एसोसिएट प्रेस (एपी)लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् ।

पोखरा

एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ ।

संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटोपत्रकार गुरुङलाई सम्मान गरिएको हो ।

उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् ।

सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्र्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् ।

उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् ।

हाल उनी एसोसिएट प्रेस (एपी)लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् ।

यसअघि उक्त पुरस्कारबाट नारायण शाही घनश्याम पाण्डे, प्रकाश ढकाल कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति २०८० भदौ १७ गते आइतबार ०३:४०
हजुरको प्रतिक्रिया