पछिल्लाे २४ घण्टामा २ काे ज्यान गयाे, १०९ जना संक्रमित थपिए
पाेखरा । गण्डकी प्रदेशमा हालसम्म कुल १० हजार ९३६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख ३ हजार ६१४ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएका हुन् ।
प्रदेशभर हालसम्म ६ हजार २१४ जना काेराेनामुक्त भएर घर फर्किएका छन् भने प्रदेशभर हाल ४ हजार ५८१ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा हालसम्म काेराेना भाइरसकाे संक्रमणपछि १४१ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लाे २४ घण्टामा प्रदेशभर कुल ७३५ जनाकाे काेराेना परिक्षण भएकाेमा १०९ जना संक्रमित थपिएका छन् । प्रदेशभर १४० जना निकाे हुँदा २ जनाले ज्यान गुमाएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
पछिल्लाे २४ घण्टामा पाेखराका ५६ जना, तनहुँका २४ जना, नवलपरासी पूर्वका १२ जना, लमजुङका ५ जना, स्याङजा र बाग्लुङका ४/ ४ जना, पर्वत र म्याग्दीका २/२ जना संक्रमित बनेका हुन् ।
यता, कास्कीमा हालसम्म ४ हजार ५१८ जनामा संक्रमण पुष्टि भएकाे छ । १ हजार ४५६ जना निकाे भएर घर फर्किएका छन् भने कास्कीभर हाल २ हजार ९९१ जना सक्रीय संक्रमित रहेका छन् । कास्कीमा काेभिडकाे संक्रमणपछि हालसम्म ७१ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति २०७७ मंसिर ६ गते शनिबार ०५:४३




