२०८३ असोज २४ गते शनिबार

आइसिसी क्रिकेटमा टस जितेर नेपाल बलिङ गर्दै

आइसिसी क्रिकेटमा टस जितेर नेपाल बलिङ गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १८ गते सोमबार ०७:३९

अपराजित यात्रा कायम राख्ने रणनीतिका साथ नेपाल मैदानमा उत्रिएको छ । यसअघिका तीन वटै खेलमा नेपालले जित निकालेको छ ।

पोखरा

आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल अहिले कतारसँग खेल्दैछ । मलेसियामा जारी खेलमा टस जितेर नेपालले बलिङ गरिरहेको छ । अपराजित यात्रा कायम राख्ने रणनीतिका साथ नेपाल मैदानमा उत्रिएको छ । यसअघिका तीन वटै खेलमा नेपालले जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार नेपाले युएईसँग खेल्दैछ ।

हिजो भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।  पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०७:३९
हजुरको प्रतिक्रिया