२०८३ असोज २४ गते शनिबार

एसिया कप : भारतविरुद्ध नेपाललाई चाैथाे झड्का

एसिया कप : भारतविरुद्ध नेपाललाई चाैथाे झड्का

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १८ गते सोमबार ०४:५४

एसिया कपमा टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको नेपालले उन्नाइसाै ओभरकाे अन्तिम बलमा तेस्राे र एक्काइसाै ओभरकाे पाँचाै बलमा विकेट गुमाएकाे गुमाउन पुगेकाे छ । तेस्राे विकेटका रूपमा नेपालका कप्तान कप्तान राेहित पाैडेल...

राेहित पाैडेल र कुशल मल्ल सस्तैमा समेटिए

एसिया कपमा टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको नेपालले उन्नाइसाै ओभरकाे अन्तिम बलमा तेस्राे र एक्काइसाै ओभरकाे पाँचाै बलमा विकेट गुमाएकाे गुमाउन पुगेकाे छ ।

तेस्राे विकेटका रूपमा नेपालका कप्तान कप्तान राेहित पाैडेल रविन्द्र जडेजाकाे बलमा भारतीय कप्तान राेहित शर्माकाे हातबाट समातिए भने एक्काइसाै ओभरकाे पाँचाै बलमा कुशल मल्ल माेहम्मद सिराजकाे हातबाट क्याच भए । बाहिरिनुअघि पाैडेलले ८ बल खेलेर ५ रन र मल्लले मात्र ५ बल खेल्दै २ रन मात्र जाेडन सके

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखकाे राम्राे साझेदारीमा राम्राे शुरूवात गरेकाे नेपालले एउटा राम्राे पार्टनरसिप बनाउनु जरूरी देखिएकाे छ ।   नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

२३ अाै ओभरकाे समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०२ रन बनाएकाे छ भने क्रिजमा आसिफ शेख र गुल्सन झा डटिरहेका छन् ।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०४:५४
हजुरको प्रतिक्रिया