२०८३ असोज २४ गते शनिबार

सडक सुरक्षाबारे दशनामी समाजले गरायो ध्यानाकर्षण

सडक सुरक्षाबारे दशनामी समाजले गरायो ध्यानाकर्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १८ गते सोमबार ०४:५८

ध्यानाकर्षणपत्रमा समाजले सडक सुरक्षाबारे १० बुंदे माग पेश गरेको छ ।

पोखरा

नेपाल दशनामी समाज, युवा कार्य समिति कास्कीले सडक दुर्घटना र सडक सुरक्षा व्यवस्थापनमा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

पोखराको मुख्य चोक तथा सडकहरुमा दिनहुँ भइरहेको सवारी दुर्घटनाले आम जनसमुदायमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै समाजले ध्यानाकर्षण गराएको हो ।

समाजले शुक्रवार कास्कीका प्रमुख जिल्ला अधिकारी  बासुदेव घिमिरे तथा पोखरा महानगरका मेयर धनराज आचार्यलाई आईतबार ध्यानाकर्षणपत्र बुझाएको हुन् ।

समाजका अध्यक्ष सरस्वती पूरीले तीब्र गतिमा गुड्ने सवारी साधनलाई नियन्त्रण तथा कारबाही गर्नुपर्ने माग राखिन् । ध्यानाकर्षणपत्रमा समाजले सडक सुरक्षाबारे १० बुंदे माग पेश गरेको छ ।

जसमा तीव्र गतिमा साधन चलाउनेहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गर्ने, चालकहरुलाई लेन अनुशासनको ज्ञान दिई प्रभाववकारी नियमन गर्ने, आवश्यक जेब्राक्रसहरु निर्माण गरी सो को उचित प्रयोगका लागि सचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने गराउनेलगायतका छन् ।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०४:५८
हजुरको प्रतिक्रिया