२०८३ साउन २१ गते बिहीबार

५८ रन बनाएर आउट भए आसिफ शेख

५८ रन बनाएर आउट भए आसिफ शेख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १८ गते सोमबार ०५:२६

एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए । नेपालले २९.५ ओभरको समाप्तीमा ५ विकेट...

एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।

नेपालले २९.५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १ सय ३३ रन बनाएर खेलिरहेको छ। ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भए।

भिम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए।

भारतका रविन्द्र जडेजाले तिन विकेट झारे। मोहम्मद सिराज र सार्दुल ठाकुरले एक एक विकेट आफ्नो नाममा गरे।

प्रकाशित मिति २०८० भदौ १८ गते सोमबार ०५:२६
हजुरको प्रतिक्रिया