पोखरा
आइसिसी महिला टि–२० विश्वकप क्षेत्र छनोटको एक खेल अगावै सेमिफाइनल पुगेको नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र युएईंको खेल अबकाे केही बेरमा सुरु हुँदैछ ।
यस अघिका चार वटै खेलको नितजा आफ्नो पोल्टामा पारेको नेपाल आज पाँचौ जितको खोजीमा छ । यसअघि नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई तीन विकेट र कतारलाई ९ विकेटले पराजित गरेकोे थियो । चार खेलमा विजयी नेपाल सेमिफाइनलमा पुगिसकेको छ । युएईं पनि अपराजित टोली हो भने उसले पनि जितको यात्रालाई कायम राख्न चाहान्छ ।
प्रतियोगिताको २१ गते सेमिफाइनल र २२ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।
प्रकाशित मिति २०८० भदौ २० गते बुधबार ०७:३६




