२०८३ साउन २१ गते बिहीबार

नेपालमा घटे कृषकः ६२ प्रतिशत मात्रै कृषक परिवार

नेपालमा घटे कृषकः ६२ प्रतिशत मात्रै कृषक परिवार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २१ गते बिहीबार ०३:४१

पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो ।

पोखरा

नेपालमा कृषक संख्या घटेको छ ।कृषि गणना २०७८ अनुसार कृषकको संख्या घटेको हो ।

नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ । बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो ।
अघिल्लो कृषि गणनामा ७१ प्रतिशत कृषक थिए । ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कर्म गरेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेका थिए ।

१० वर्षमा ३ लाख हेक्टर जमिनमा कृषि कार्यमा घटेको छ । कृषि गणनाले कृषक परिवार अन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।

प्रकाशित मिति २०८० भदौ २१ गते बिहीबार ०३:४१
हजुरको प्रतिक्रिया