२०८३ असोज २३ गते शुक्रबार

इमेज सहकारीका अध्यक्ष तथा मेयर देवकुमारविरूद्ध इन्टरपोलमा रेडकर्डर नोटिस जारी

इमेज सहकारीका अध्यक्ष तथा मेयर देवकुमारविरूद्ध इन्टरपोलमा रेडकर्डर नोटिस जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २१ गते बिहीबार ०५:०१

मेयर देवकुमारविरूद्ध एक महिनाअघि नै रेड कर्नर नोटिस जारी भएको हाे

पाेखरा

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली साढे तीन महिनादेखि फरार छन् । बागलुङ र पोखरामा पनि कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका नेपाली जेठ ५ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

ढोरपाटन–१ घर भएका मेयर देवकुमार नेपालीसहित ११ जना सञ्चालकविरूद्ध असार २५ गते मुद्दा दर्ता भएको बागलुङ जिल्ला अदालत मुद्दा फाँटका नायब सुब्बा मोहन घर्तीले जानकारी दिए । गत असार २५ गते इमेज बचत तथा सहकारीका अध्यक्ष तथा सञ्चालकहरूविरूद्ध मुद्दा दर्ता भएको हो । पछिल्लो साउन ४ गतेलाई पेसी तोकिएको थियो ।

साउन ४ गते लक्ष्मी सेन सुनार, चित्रबहादुर भण्डारी, रूपा विक, शक्ति किसान, डोरबहादुर परियार, लालमती रोका, सुनील नेपाली, झगबहादुर शाही, अनील नेपाली, देवकुमार नेपाली, अनिता बुढा मगरसहित ११ जनाविरूद्ध मुद्दा दायर भएकामा प्रबन्धक शक्ति किशान, लेखा प्रमुख चित्रबहादुर भण्डारी र सञ्चालक समिति सदस्य लालमति रोकालाई पुर्पक्षका लागि थुनामा राखिएको प्रजिअ रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् । तर, देवकुमार नेपालीको पहुँचमा प्रहरी पुग्न सकेको छैन। बचतकर्ताहरूले उजुरी दिनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा विदेश जान नदिन पत्राचार गरेको थियो ।

उनी फेला नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले जानकारी दिए । सहकारीका अध्यक्ष तथा मेयर देवकुमार नेपालीविरूद्ध इन्टरपोलमा रेडकर्डर नोटिस जारी गरिएको केसीले बताए ।

उनले मेयर देवकुमारविरूद्ध एक महिनाअघि नै रेड कर्नर नोटिस जारी भएको पनि जानकारी दिए । मेयर देवकुमार नेपालीलगायत सहकारी सञ्चालकहरू विरूद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका थिए ।

बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रुपैयाँ बचत अपचलन गरेको देखिएको छ ।

मेयर देवकुमारले पोखरा महानगरपालिकामा पनि इमेज बचत तथा ऋण सहकारीकै नाममा अर्को सहकारी दर्ता गरेका थिए । दुई संस्थाको गरी नेपालीले २ अर्ब बढी रुपैयाँ अपचलन गरेको अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित मिति २०८० भदौ २१ गते बिहीबार ०५:०१
हजुरको प्रतिक्रिया