२०८३ साउन २१ गते बिहीबार

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन हुन्छः अर्थमन्त्री महत

नेपालमा छिट्टै लगानी शिखर सम्मेलन हुन्छः अर्थमन्त्री महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २२ गते शुक्रबार ०५:४२

महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सम्मेलन आयोजना गर्ने लागिएको जानकारी दिए ।

 

पोखरा

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने बताएका छन् ।

महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सम्मेलन आयोजना गर्ने लागिएको जानकारी दिए ।

शुक्रवार सिंहदरवारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।

नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा वाह्य लगानी भित्रिने उल्लेख गरे ।

भारतमा १० हजार मेघावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौंतालाई अघि बढाउने उनको भनाइ छ ।

‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर, राम्रो दिन आउँदैछ । यसको राम्रो संकेतहरु देखा पर्न थालेका छन् । यसको मतलब यो होइन कि हामी समस्यारहित भईसक्यौं भन्ने होइन’, उनले भने, ‘समस्याहरु छन् । तर ती समस्याहरुलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरु अब शुरु हुन्छ । र, त्यसका संकेतहरु देखिएका छन् ।’

अर्थमन्त्री महतले नेपालमा वाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढंगले पहल गर्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति २०८० भदौ २२ गते शुक्रबार ०५:४२
हजुरको प्रतिक्रिया