२०८३ असोज २३ गते शुक्रबार

लेखनाथ उद्योग वाणिज्य संघ निर्वाचनः १७११ मत खस्यो, आईतबार गन्ने

लेखनाथ उद्योग वाणिज्य संघ निर्वाचनः १७११ मत खस्यो, आईतबार गन्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २३ गते शनिबार ०६:४८

संघमा रहेको २० पदमध्ये १९ पदका आकांक्षी चुनावी मैदानमा छन् ।

पोखरा

लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि १ हजार ७११ मत खसेको छ ।

शनिबार सकिएकोल मतदानको मत गणना भने आइतबार बिहान ७ बजेपछिमात्रै गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

संघको अध्यक्ष पदका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा र ऋषिराम जमरकट्टेल चुनावी मैदानमा छन् ।

यस्तै प्रथम उपाध्यक्षमा गोपीचन्द्र बास्तोला र उपेन्द्र राज सुवेदी, द्वित्तीय उपाध्यक्षमा विक्रम कर्माचार्य र मेनुका श्रेष्ठ, महासचिवमा जानुका पराजुली अधिकारी र जीवन तिवारी, उपमहासचिवमा भरतराज ओझा र भिम बहादुर सार्की (काइँला), कोषाध्यक्षमा ध्रुवबाबु भट्टराई र पुष्पमणि भट्टराईले उम्मेद्वारी दिएका छन ।

संघमा रहेको २० पदमध्ये १९ पदका आकांक्षी चुनावी मैदानमा छन् । एसोसियट सदस्य सदस्यमा भने सर्वसम्मति भएको थियो ।

प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०६:४८
हजुरको प्रतिक्रिया