२०८३ असोज २४ गते शनिबार

लामाचौरमा राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिता, पब्लिक फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

लामाचौरमा राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिता, पब्लिक फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २४ गते आइतबार ११:२४

विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले महिला पुरुष दुवै विधामा सहभागिता नजनाउने भएको छ ।

पोखरा

पोखराको लामाचौरमा १० औं संस्करणको ‘लामाचौर कप’ महिला भलिबल प्रतियोगिताको हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजले प्रतियोगिताको आयोजना गरेको हो । साथै, दोस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता समेत हुदैछ ।

भदौ २९ देखि असोज १ गतेसम्म इन्द्र राज्यलक्ष्मी माविको खेल मैदानमा खेल हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ४ टोलीले प्रतिस्पर्धा गर्र्नेछन् ।

विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले महिला पुरुष दुवै विधामा सहभागिता नजनाउने भएको छ ।

महिलातर्फ विभागीय डर्बी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र न्यू एभरेष्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन् । गतवर्ष खेलेको गण्डकी प्रदेशको महिला टोली यसपालि सहभागी नहुने भएको छ ।

पुरुषतर्फ विभागीय डर्बी नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, गण्डकी प्रदेश, मणीमुकुन्द भलिब क्लब बुटवल र गल्कोट स्पोर्र्टस क्लब बाग्लुङ भिडनेछन् ।

दुवै विधाको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हरेक वर्ष महिला भलिबल प्रतियोगिता हुँदै आएकोमा अघिल्लो वर्षदेखि पुरुष भलिबलको प्रतियोगिता पनि थपिएको हो ।

न्यु डायमन्ड युुथ क्लबलाई स्तब्ध पार्दै लामाचौर तीज महोत्सवमा आयोजना गरिएको नवौँ संस्करणको राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुुलिस क्लबले जितेको थियो ।

पुरुषतर्फ भने वर्षाले खेल अबरुद्ध भएपछि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले पुरस्कार बराबरी बाँडेर लिएका हुन् ।

नवआदर्श सामुदायिक विकास समाजले २५ औं संस्करणको तीज मेलामा भलिबल प्रतियोगितासँगै तीज गीत प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता समेत गर्दैछ ।

तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १११ रुपैयाँ प्राप्त गर्ने सूचना तथा सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार दोस्रो हुनेले ३० हजार १११ रुपैयाँ, तेस्रोले २० हजार ११ रुपैयाँ र सान्त्वनाले १० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।

विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १११ रुपैयाँ, दोस्रोले २५ हजार १११ रुपैयाँ र तेस्रोले १५ हजार १११ रुपैयाँ र सान्त्वना ५ टोलीले ५ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति २०८० भदौ २४ गते आइतबार ११:२४
हजुरको प्रतिक्रिया