२०८३ साउन २१ गते बिहीबार

रोल्पा–पोखरा सम्पर्क समाज कास्कीको अध्यक्षमा रामकुमार

रोल्पा–पोखरा सम्पर्क समाज कास्कीको अध्यक्षमा रामकुमार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २४ गते आइतबार १२:५६

रोल्पाबाट विभिन्न काम तथा पेशा व्यवसायको सिलसिलामा पोखरालाई कर्मथलो बनाएका रोल्पालीले २०६३ सालमा समाज स्थापना गरेका थिए ।

पोखरा

रोल्पा–पोखरा सम्पर्क समाज कास्कीको अध्यक्षमा रामकुमार बुढामगर चयन भएका छन् ।

संस्थाको १६ औं वार्षिक साधारण सभा तथा ७ औं महाधिवेशनले बुढाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चुनेको हो ।

समितिको उपाध्यक्षमा मनसरा रोकामगर, सचिवमा तीर्थराज घर्ति, सहसचिवमा मेनका पुनमगर, कोषाध्यक्षमा पूर्णबहादुर पुनमगर चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा फर्की घर्तीमगर, दीपक रोकामगर, डिला पुनमगर र मूलप्रसाद बुढामगर चुनिएका छन् ।

यसअघि संस्था पूर्णबहादुर पुनमगरको नेतृत्वमा थियो ।

रोल्पाबाट विभिन्न काम तथा पेशा व्यवसायको सिलसिलामा पोखरालाई कर्मथलो बनाएका रोल्पालीले २०६३ सालमा समाज स्थापना गरेका थिए ।

संस्थामा हाल ७६ जना घरपरिवार सदस्यका रुपमा जोडिएका छन् भने बाँकीलाई पनि एकीकृत गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ ।

संस्थाका पूर्वअध्यक्ष प्रसाद बुढामगरले समाजले कास्कीका विभिन्न ठाउँमा छरिएर रहेका रोल्पालीलाई एकीकृत गर्न र भाइचाराको सम्बन्ध बनाइराख्न सहयोग पुगेको बताए ।

‘कास्कीभरि छरिएर रोल्पालीहरुलाई भैपरी आउने समस्यामा समाधान गर्न, उद्धारमा टेवा पु¥याउन समाजले अहम् भूमिका खेल्छ,’ उनले भने, ‘यसले सम्पूर्ण रोल्पालीबीच भाइभातृत्व कायम गर्न पनि सहज बनाइदिएको छ ।’

प्रकाशित मिति २०८० भदौ २४ गते आइतबार १२:५६
हजुरको प्रतिक्रिया