२०८३ कात्तिक १२ गते बुधबार

साेमबार पाेखरामा २८ संक्रमित थपिए

साेमबार पाेखरामा २८ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ८ गते सोमबार ०३:३२

पाेखरा । पाेखरा महानगरपालिकामा साेमबार थप २८ जना काेराेना भाइरसका संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान १ : ४० बजेसम्म जारी गरेकाे विज्ञप्तीका अनुसार पाेखराका २८ सहित साेमबार गण्डकी प्रदेशमा ४६ जना नयाँ संक्रमित...

गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या ११ हजार १०७ पुग्याे

पाेखरा । पाेखरा महानगरपालिकामा साेमबार थप २८ जना काेराेना भाइरसका संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान १ : ४० बजेसम्म जारी गरेकाे विज्ञप्तीका अनुसार पाेखराका २८ सहित साेमबार गण्डकी प्रदेशमा ४६ जना नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमितहरूमा नवलपरासी पूर्वका ११ जना, पाेखराका २८ जना, पर्वतका २ जना, तनहुँका ३ जना, गाेरखाका २ जना रहेका छन् । याे संगै समग्र प्रदेशमा हालसम्म ११ हजार १०७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

प्रदेशभर हालसम्म काेराेनाका कारण १४१ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति २०७७ मंसिर ८ गते सोमबार ०३:३२
हजुरको प्रतिक्रिया