पोखरा
राष्ट्रिय भुमिअधिकार मञ्च कास्कीको अध्यक्षमा प्रेम गुरुङ दोहोरिएका छन् ।
मञ्चको पाँचौ अधिवेशनले पुनः प्रेम बहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा बुद्धि पुन, सचिवमा कुमारी गुरुङ, सहसचिवमा विष्णु भट्टराई, कोषाध्यक्षमा लेखमाया थापा चयन भए ।
सदस्यहरुमा गोमा तामाङ पराजुली, बेलमाया गुरुङ, शान्ति गुरुङ, हरिकुमारी गुरुङ, मुना श्रीस, यातामाया तामाङ, लोकबहादुर पुन, मानबहादुर गुरुङ, मिनबहादुर विक, डिलबहादुर तामाङ, त्रिवेणी प्रसाद, गोविन्द नेपाली र लोक बहादुर सेन सर्वसम्मत भए ।
गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले भूमिहिन सुकुम्बासी, अव्यवस्थित वमोवासीहरुको समस्यालाई नजिकबाट नियालिरहेकाले समाधानको लागि सजहजीकरण गर्ने बताए ।
प्रकाशित मिति २०८० भदौ २४ गते आइतबार ०६:५५