२०८३ साउन २१ गते बिहीबार

पोखरामा स्लाइस जुसमा भेटियो अखाद्य वस्तु

पोखरामा स्लाइस जुसमा भेटियो अखाद्य वस्तु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २५ गते सोमबार १२:३२

खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लासमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुुचुल्का तयार गरेको बताए ।

पोखरा

पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला परेको छ ।

आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो । खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लाइसमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै बाह्य पदार्थ देखिएको र त्यही अनुसार मुुचुल्का तयार गरेको बताए ।

उनले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लास न्युन गुणस्तरको रहेको बताए । त्यस्तै निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपार्टे पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने जनाए । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने सुनाए ।

होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताए । उनले किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरे । विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हाले पिउन सुझाव दिएका छन् ।

प्रकाशित मिति २०८० भदौ २५ गते सोमबार १२:३२

हजुरको प्रतिक्रिया