२०८३ साउन २१ गते बिहीबार

गोरखा स्मारक ट्रष्टमा विवाद, संस्थापक सभापति गुरुङद्वारा अदालतमा मुद्धा

गोरखा स्मारक ट्रष्टमा विवाद, संस्थापक सभापति गुरुङद्वारा अदालतमा मुद्धा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २५ गते सोमबार ०७:४६

संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले गोरखा स्मारक ट्रष्ट विरुद्ध साउन ३१ गते उच्च अदालत पोखरामा रिट दायर गरेका छन् ।

पोखरा
गोरखा स्मारक ट्रष्टमा वर्षौदेखिको विवाद अझैं टुंगोमा पुगेको छैन । संस्थापक सभापति पदमबहादुर गुरुङ र हालको कार्यसमितिबीचको विवाद मुद्धा मामिलासम्म पुगेको छ ।

संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले गोरखा स्मारक ट्रष्ट विरुद्ध साउन ३१ गते उच्च अदालत पोखरामा रिट दायर गरेका छन् । रिटको अन्तिम फैसला आउन बाँकी छ ।

उच्च अदालतमा रिट परेपछि गोरखा स्मारक ट्रष्टले सोमबार पोखरामा विशेष साधारणसभा गरेको छ । संस्था नविकरण र संस्थाविरुद्ध परेको रिटबारे जानकारी गराउन विशेष साधारणसभा भएको हो ।

कोषाध्यक्ष रत्न भट्टचनको आर्थिक प्रतिवेद र महासचिव प्रा.डा. चन्द्रबहादुर गुरुङको वार्षिक प्रतिवेदन विशेष साधारणसभाले पारित गरेको छ । विशेष साधारणसभामा बोल्ने अधिकांश वक्ताले सहमतीबाट विवादको निरुपण गर्न पदमबहादुरलाई वार्तामा बोलाउनुपर्नेमा जोड दिए ।

पदमबहादुर गुरुङले ट्रष्टको अध्यक्ष आफू भएको बताउँदै आएका छन् भने हालको कार्यसमितिले उनी अवैधानिक भएको बताउँछ । पदमबहादुरले चरम आर्थिक अनियमितता गरेको ट्रष्टका महासचिव प्रा.डा. चन्द्रबहादुर गुरुङले बताए । सहमतीका लागि पटक पटक वार्तामा बोलाउँदासमेत उपस्थित नहुने गरेको उनको भनाइ छ ।

 

 

 

गोरखा स्मारक ट्रष्टले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ साँल्मेडाँडामा विश्वयुद्वमा ज्यान गुमाएका ८० हजार वीर गोरखालीको समाधिस्थल बनाउने काम थालेको छ । २०७० असार ९ गतेदेखि निर्माण थालिएको गोरखा स्मारकको काम संस्थापकबीच विवाद हुदाँ तिब्रता पाउन सकेको छैन ।

हालसम्म करिब १५ करोड रुपैयाँ लगानी भएको छ । ५ चरणमा काम सक्ने गरेर साल्मेडाँडाको गोरखा समाधिस्थलाई पर्यटकीय स्थल बनाउने योजना हो । २० अर्ब लागत अनुमान गरिएको थियो । हालसम्म झन्डै १५ करोड रुपैयाँ लगानी भएको छ ।

प्रकाशित मिति २०८० भदौ २५ गते सोमबार ०७:४६

हजुरको प्रतिक्रिया