२०८३ साउन २१ गते बिहीबार

ओलीलाई काँध थाप्ने गल्ती नगरौँ : बाबुराम भट्टराई

ओलीलाई काँध थाप्ने गल्ती नगरौँ  : बाबुराम भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर ९ गते मंगलबार ०७:४३

पाेखरा । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति नभएर ओलीप्रवृत्ति रहेको बताएका छन् । सोमबार ट्विट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कुनै पनि वहानामा ओलीप्रवृत्तिलाई...

प्रधानमन्त्री ओलीबिरूद्द भट्टराईकाे एकपछि अर्काे अभिव्यक्ती

पाेखरा । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले देशको मुख्य मुद्दा व्यक्ति नभएर ओलीप्रवृत्ति रहेको बताएका छन् । सोमबार ट्विट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले कुनै पनि वहानामा ओलीप्रवृत्तिलाई काँध थाप्ने गल्ती नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेका बेला भट्टराईको यस्तो प्रक्रिया आएको हो ।

उनले ट्विटमा लेखेका छन्, ‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली होइन, ओलीप्रवृत्ति हो । व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन् ।’ तर ओलीप्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक भएको उनको भनाइ छ । ‘ओलीप्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो । अग्रगमनको मुख्य बाधक हो । यो एउटा पार्टीको मुद्दा मात्र होइन । कुनै पनि बहानामा यसलाई काँध थाप्ने गल्ती नगरौँ ।

यसअघि पनि भट्टराईले ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनै पर्ने बताएका थिए ।

प्रकाशित मिति २०७७ मंसिर ९ गते मंगलबार ०७:४३
हजुरको प्रतिक्रिया