२०८३ साउन २१ गते बिहीबार

६१ किलाे सुन बरामद प्रकरण: सीआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै

६१ किलाे सुन बरामद प्रकरण: सीआइबीले आज अनुसन्धान प्रतिवेदन बुझाउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २७ गते बुधबार ११:२२

मंगलबार प्रतिवेदन तयार पारेको सीआईबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

पाेखरा

हङकङबाट तस्करी गरी ल्याइएको झन्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।

मंगलबार प्रतिवेदन तयार पारेको सीआईबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताइन् ।

आरोपीहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी गरेको पनि उनले बताइन् ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन् ।

स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् ।

उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

संगठित अपराध कसुरमा म्याद थप गरेर सीआईबीले घटनाको अनुसन्धान गरेको थियो ।

उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ ।

गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङ ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनाम‌ंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

प्रकाशित मिति २०८० भदौ २७ गते बुधबार ११:२२
हजुरको प्रतिक्रिया