२०८३ साउन २१ गते बिहीबार

सरुभक्तको ‘भ…भ…भ…भूत’ मञ्चन

सरुभक्तको ‘भ…भ…भ…भूत’ मञ्चन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २८ गते बिहीबार ०५:३७

पोखरा थिएटरले आयोजना गरेको महोत्सवमा बिहिबार नवदीप इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले नाटक मञ्चन गरेका हुन् ।

पोखरा

पाँचौ संस्करणको पोखरा विद्यालयस्तरीय नाटक महोत्सवमा भ.भ.भ.भ.भूत नाटक मञ्चन भएको छ ।

पोखरा थिएटरले आयोजना गरेको महोत्सवमा बिहिबार नवदीप इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले नाटक मञ्चन गरेका हुन् ।

सरुभक्त श्रेष्ठले लेखेको बाल मनोविज्ञानमा आधारित नाटक दिप्सना विश्वकर्माले निर्देशन गरेकी हुन् । नाटकमा बालबालिकामा देखा पर्ने डर र प्रभावबारे उठान गरिएको छ ।

नाटकमा बालबालिकाको हिमाली भेगतिरकोे रमाइलो यात्रा र त्यसक्रममा मनमा उत्पन्न हुने भूतसम्बन्धी मनोवैज्ञानिक त्रासलाई देखाइयो ।

नाटकमा सोभिया खातुन, सुष्टि अधिकारी, अनुस्का गुरुङ, लेबिस्का परियार, स्वेच्छा परियार, रियाना सुनार, रिया गुरुङ, शिवानी थापा, निमृता गुरुङ, ममता गुरुङ, रिद्धि गुरुङ, गृष्मा बुढाथोकी, सुशान्त गुरुङ, सुप्रिया शेर्पा, सुविक्षा गुरुङ, सलिसा गुरुङ र श्ेवता गुरुङले अभिनय गरेका छन् ।

महोत्सवको पहिलो बुधबार भीमनिधि तिवारीको नाटक शिलान्यास मञ्चन भएको छ । भदौ २७ देखि सुरु नाटक महोत्सव असोज १२ गतेसम्म चल्नेछ ।

महोत्सवमा पोखरा महानगरपालिकाका १४ र काठमाडौंको अतिथि गरेर १५ वटा नाटक मञ्चन गरिने महोत्सव संयोजक परिवर्तनले जानकारी दिए ।

नाटक महोत्सवको लागि पोखरा थिएटरसँग पोखरा प्रज्ञा–प्रतिष्ठानले सहकार्य गरेको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनलेसमेत सघाएको छ ।

महोत्सवको प्रर्वद्धकको रुपमा पोखरा महानगरपालिका रहेको छ । पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।

शुक्रबार प्रगति मावि बाटुलेचौरले तयार पारेको नाटक ‘भोला’ मञ्चन हुनेछ । टंक चौालगाईद्वारा लिखित नाटक मिना भण्डारीको निर्देशनमा मञ्चन हुन लागेको हो ।

प्रकाशित मिति २०८० भदौ २८ गते बिहीबार ०५:३७

हजुरको प्रतिक्रिया