२०८३ साउन २१ गते बिहीबार

गल्कोटको दोहोरो हारः गण्डकी, पुलिस, एपीएफ र मणिमुकुन्दको जीत

गल्कोटको दोहोरो हारः गण्डकी, पुलिस, एपीएफ र मणिमुकुन्दको जीत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २९ गते शुक्रबार ०७:४४

शनिबार महिलातर्फका खेल सुरु हुनेछ । महिलातर्फका ३ खेल हुने आयोजकले जानकारी दिएको छ ।

पोखरा

लामाचौर भलिबल कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ ।

नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका ४ खेल भएका छन् ।

गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्बल र मणिमुकुन्द भलिबल क्लबले जीत दर्ता गराएका छन् ।

गल्कोट स्पोर्टस् क्लब बाग्लुङले भने दोहोरो हार व्यहोरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशको टोलीले सफलता हात पा¥यो । इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको खेलमा गण्डकीले गल्कोट स्पोर्टस् क्बललाई ३–१ को सेटमा पराजित गरेको हो ।

गण्डकीले पहिलो सेटमा २५–२१, दोस्रो सेटमा २६–२४ को जीत दर्ता गरायो । तेस्रो सेटमा भने गल्कोटले २६–२४ को जित दर्ता गराउदै पुनरागमनको प्रयास ग¥यो । तर, चौथो सेटमा हारबाट जोगिन गल्कोटलाई मुस्किल प¥यो । चौथौं सेटमा गण्डकीले २५–१९ को जित निकाल्दै पहिलो खेलमा जीत दर्ता गराउन सफल भयो ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो सेटमा मणिमुकुन्दले विभागीय टोली पुलिसलाई २५–१६ को फराकिलो अन्तरमा पराजीत गरेपनि निरन्तर ३ सेटमा हार व्यहोर्नु प¥यो । दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ अंकको साथ पुलिसले विजयी यात्रा थाल्यो ।

गल्कोट स्पोर्टस्  क्बलले भने शुक्रबार नै दोस्रो हार भोग्नुपरेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गल्कोट ३–० को सोझो सेटमा स्तब्ध भएको छ । २५–२३, २५–२३ र २५–१८ मा लगातर तीनै सेट जितेर एपीएफले पनि प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

गण्डकी दोस्रो जीत दर्ता गराउनबाट भने चुकेको छ । मणिमुकुन्द भलिबल क्बल बुटवलसँग ३–२ को सेटमा पराजित हुँदै गण्डकीले एकैदिन हारजीतको स्वाद लिएको हो ।

पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीका खेलाडीले २५–२० को जीत दिलाए । दोस्रो सेटमा मणिमुकुन्दले २५–२२ को जीत निकाल्यो । तेस्रो सेटमा त झन् अंकको अन्तर बढाएको मणिमुकुन्दले २५–१७ को जीत दर्ता गराउन सफल भयो । चौथाें सेटमा गण्डकीले पनि २५–१७ को जीत निकाल्दै दर्शकलाई आशा देखायो ।

पाँचौ सेटमा ११ अंकसम्म बराबरी खेलेको गण्डकीका खेलाडीबीच तालमेल नमिल्दा दोस्रो जीत दर्ता गराउनबाट चुक्नुप¥यो । मणिमुकुन्दले १५–११ को जीत निकाल्दै एक खेलमा हार एक खेलमा जीतको अनुभव बटुलेको छ ।

विगागीय डर्बी नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच हुने भनिएको खेल भने स्थगीत भएको छ । खेल तालिका अनुसार शुक्रबार यि दुई टोलीको भिडन्त तय भएको थियो । विहान बर्षातका कारण समयमै खेल सुरु हुन ढिला भएपछि शुक्रबारको एक खेल शनिबारलाई धकेलिएको हो ।

शनिबार पुरुषतर्फका थप ३ खेलसमेत हुनेछन् । एपीएफसँग भिड्ने पुलिसले गल्कोट स्पोर्टस् क्लबसँग खेल्नेछ ।

गल्कोटले मणिमुकुन्दसँग पनि भिड्नेछ । यस्तै, गण्डकीले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार महिलातर्फका खेल सुरु हुनेछ । महिलातर्फका ३ खेल हुने आयोजकले जानकारी दिएको छ ।

पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्टस् क्लबले एभरेष्ट भलिबल क्लबको सामना गर्नेछ ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले न्यु डायमण्ड स्पोर्टस् क्बलसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

यस्तै, सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पुलिसको भिडन्त शनिबार नै हुनेछ ।

आइतबार पुरुषतर्फको २ र महिलातर्फको ३ खेल हुनेछ । अन्तिम दिन सोमबार दुवै विधाको फाइनलसँगै तेस्रो स्थानको खेल हुनेछ । राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुनेछ ।

दुवै विधाको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ४ टोलीको सहभागिता रहेको छ । लामाचौर तीज महोत्सवको अवसरमा आयोजित महिला भलिबल १० औं संस्करणको हो । पुरुषतर्फ भने गतवर्षदेखि सुरु भएको छ ।

 

प्रकाशित मिति २०८० भदौ २९ गते शुक्रबार ०७:४४
हजुरको प्रतिक्रिया