२०८३ असोज २४ गते शनिबार

लामाचौर भलिबल कपः पुलिससँग एपीएफ स्तब्ध

लामाचौर भलिबल कपः पुलिससँग एपीएफ स्तब्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३० गते शनिबार १२:०८

शनिबार भएको  पुरुषतर्फको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पोखरा
लामाचौर भलिबल कपमा नेपाल पुलिस क्बलसँग सशस्त्र प्रहरी बलको एपीएफ क्बल पराजीत भएको छ ।

शनिबार भएको  पुरुषतर्फको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा एपीएफले २५–२३ को जीत निकाल्यो । दोस्रो सेटमा पुलिसले २५–२२ को जीत दर्ता गराउन सफल भयो । तेस्रो सेट पनि पुलिसले एपीएफलाई २५–२० को जीत दर्ता गरायो ।

चौंथो सेटमा एपीएफले २५–२३ जीत दर्ता गराउँदै पाँचौं सेटको यात्रा तय गर्न सफल भयो ।

पाँचौ सेटमा पुलिसले १५–१३ को जीत निकाल्दै एपीएफलाई स्तब्ध बनाएको छ ।

शुक्रबारदेखि सुरु भएको खेलमा गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्बल र मणिमुकुन्द भलिबल क्लबले जीत दर्ता गराएका छन् ।

पुरुषतर्फ ५ टोली सहभागी प्रतियोगितामा महिलातर्फ ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शनिबार महिलातर्फका खेल सुरु हुने आयोजकले जानकारी दिएको छ ।

नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको दुवै विधाको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति २०८० भदौ ३० गते शनिबार १२:०८
हजुरको प्रतिक्रिया