२०८३ असोज २४ गते शनिबार

लामाचौर भलिबल कपः एभरेष्ट भलिबल क्लबको दोस्रो हार

लामाचौर भलिबल कपः एभरेष्ट भलिबल क्लबको दोस्रो हार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३० गते शनिबार ०६:१४

दोस्रो खेलमा एभरेष्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजीत भएको हो ।

पोखरा

लामाचौर भलिबल कपको महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले दोस्रो हार व्यहोरेको छ ।

शनिबारको दोस्रो खेलमा एभरेष्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजीत भएको हो ।

नेपाल पुलिसले लामाचौरको पहिलो प्रतिस्पर्धामा एभरेष्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पुलिसले एभरेष्टलाई २५–१८, २५–१८ र २५–२० अंकका साथ पराजीत गरेको छ ।

एभरेष्ट भलिबल क्लब शनिबार नै भएको पहिलो खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्बलसँग पनि ३–० को सोझो सेटमा नै पराजीत भएको थियो ।

एभरेष्टले अब अर्को विभागीय डर्बी सशस्त्र प्रहरी बलको एपीएफसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । न्यु डायमण्डले नेपाल पुलिस क्बलको सामना गर्नेछ ।

१० औं संस्करणको राष्ट्रियस्तरको भलिबलमा पुलिस, एपीएफ, न्यु डायमण्ड र एभरेष्ट प्रतिस्पर्धामा छन् ।

नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १ लाख १११ रुपैयाँ र तेस्रोले ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति २०८० भदौ ३० गते शनिबार ०६:१४
हजुरको प्रतिक्रिया