पोखरा
पोखरामा जारी लामाचौर भलिबल कपमा विभागीय डर्बी सशस्त्र प्रहरी बलको एपीएफ क्लब न्यु डायमण्ड युथ स्पोर्टस क्बलसँग पराजीत भएको छ ।
शनिबार पहिलो खेलमा मैदान छिरेको एपीएफको सुखद सुरुवात हुन सकेन । एपीएफलाई पनि हारको स्वाद चखाएसँगै न्यु डायमण्डले दोस्रो जीत दर्ता गराउन सफल भएको हो ।
एपीएफ विरुद्ध न्यु डायमण्डले ३–२ को सेटमा जीत निकालेको हो । पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ को जीत निकालेको न्यु डायमण्ड त्यसपछि लगातार २ सेटमा सम्हालिन सकेन ।
तेस्रो सेटमा २५–१८, चौथो सेटमा २५–२२ को जीत एपीएफले निकाल्यो । पाँचौ सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै न्यु डायमण्डले १५–५ को जीत दर्ता गरायो ।
यो भन्दा पहिले शनिबार भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमण्डले ३–० को सोझो सेटमा एभरेष्ट भलिबल क्लबलाई पराजीत गरेको थियो ।
शनिबारको अर्को खेलमा एभरेष्टलाई हराएको विभागीय टोली नेपाल पुलिस क्लबसँग आइतबार न्यु डायमण्डको प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति २०८० भदौ ३० गते शनिबार ०६:४३