२०८३ साउन २१ गते बिहीबार

सहारा क्लब पोखराको अध्यक्षमा केशव

सहारा क्लब पोखराको अध्यक्षमा केशव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३१ गते आइतबार ०७:३९

सहारा क्लबले स्थापनाकाे रजत वर्ष मनाएकाे छ । 

पोखरा

सहारा क्लबको १३ औं अधिवेशनबाट अध्यक्षमा केशवराज बराल चयन भएका छन् । शनिबार भएको अधिवेशनबाट बराल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा चित्रबहादुर पुन, सचिवमा रामजीप्रसाद अधिकारी, सहसचिव टंकराज पौडेल, कोषाध्यक्षमा विनु राना मगर, सहकोषाध्यक्षमा अशोक लालचन चयन भएका छन् ।

सदस्यहरुमा ज्योति केसी, चन्द्रवती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भएका छन् । सहारा क्लबले स्थापनाकाे रजत वर्ष मनाएकाे छ ।

 

प्रकाशित मिति २०८० भदौ ३१ गते आइतबार ०७:३९
हजुरको प्रतिक्रिया