२०८३ साउन २१ गते बिहीबार

डाक्टरले गरे देशभर ओपीडी बन्द, मर्कामा बिरामी

डाक्टरले गरे देशभर ओपीडी बन्द, मर्कामा बिरामी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३१ गते आइतबार ०९:५३

चिकित्सक कुटपीटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको भएपनि कारवाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

पोखरा

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

ओपीडी बन्द हुँदा देशभरका बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाको ओपीडी बन्द गरेको हो ।

संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो ।

चिकित्सक कुटपीटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको भएपनि कारवाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।

त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।

 

प्रकाशित मिति २०८० भदौ ३१ गते आइतबार ०९:५३
हजुरको प्रतिक्रिया